काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको रिट दर्ता भएको छ । सोमबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सर्वोच्चमा रिट दर्ता भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिटलाई पुस २ गतेको पेसी तोकिएको छ । संवैधानिक इजलासमा पेस हुने कांग्रेसको रिटबाहेकका रिटलाई यही मंसिर २२ मा तोकिएको रिट पनि एमालेको रिट लगाउमा राखिएपछि पछि सरेको छ । कांग्रेसको रिटमा प्रारम्भिक सुनुवाई पछि सबै रिट एकठाउँ राखी निरन्तर सुनुवाइ हुनेछ ।
90
Shares









प्रतिक्रिया