कुलमानलाई धक्का, सर्वोच्चले दियो हितेन्द्रको पक्षमा परमादेश

काठमाडौं, २२ मंसिर । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ । सोमबार अदालतले शाक्यलाई पुनर्वहालीको आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेको छ ।घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुभएको थियो । शाक्य आपूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दे सर्वोच्च पुग्नुभएको थियो ।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार  १९ : ५९  बजे