काठमाडौं, २२ मंसिर । चिनियाँ लडाकु विमानहरूले आफ्ना विमानहरूमा राडारहरू बन्द गरेको भन्दै जापानले विरोध जनाएको छ । विमानमा राडार बन्द गर्नुलाई खतरा मानिन्छ, यसले सम्भावित आक्रमणको सङ्केत दिन सक्छ ।जापानले शनिवार दक्षिणी ओकिनावा टापुहरूमा यस्ता दुई घटना भएको बताएको बीबीसीले जनाएको छ । जापानले चिनियाँ जे–१५ लडाकु विमानहरूको जवाफमा लडाकु विमानहरू उडाएको बताएको छ । यस्तै चीनले जापानले प्रशिक्षण अभ्यासका क्रममा आफ्ना सेनाहरूलाई ‘दुर्व्यवहार’ गरेको आरोप लगाएको छ । यी घटनामा कुनै चोटपटक वा क्षतिको रिपोर्ट नभएको खबरमा उल्लेख छ ।
पानी प्रधानमन्त्री साने ताकाचीले चीनले ताइवानमाथि आक्रमण गरे आफ्नो देशले सैन्य कारबाही गर्न सक्ने बताएपछि गएको महिनादेखि दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपना आएको छ ।चीनले स्वशासित ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दछ र ताइवानलाई आफूमा गाभ्ने बताउँदै आएको छ । यही विवादका कारण दुवै पक्षले एकअर्काप्रति बढ्दो शत्रुतापूर्ण अभिव्यक्ति दिँदै आएका छन् । बढ्दो दरारले दुवै देशका नागरिकको दैनिक जीवनलाई असर गरिरहेको छ ।
एक महिनादेखि बढेको तनावका कारण चीनले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ । चीनले जापानबाट समुद्री खानाको आयातमा पनि प्रतिबन्ध लगाएको छ र लोकप्रिय जापानी चलचित्रहरूको प्रदर्शनलाई पनि स्थगित गरेको छ ।








प्रतिक्रिया