काठमाडौं, २१ मंसिर । शेयर बजार लगातार पाँचौं कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ४८ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ६९ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा जलविद्युत् १ दशमलव २२, व्यापार १ दशमलव २१, होटल १ दशमलव २० प्रतिशतले ओरालो लागेको छ ।
आज २ सय ४ वटा कम्पनीको शेयर घटेकोमा ४६ वटाको बढेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।आज बुङ्गल हाइड्रो कम्पनीको शेयर सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, झापा इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बुधवार ५ अर्ब २३ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ३३ करोड रुपैयाँमा किनबेच भएको छ ।








प्रतिक्रिया