सिटिजन लाइफको सिइओ पौडेलको कार्यकाल थप

काठमाडौं, २१ मंसिर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ पोषकराज पौडेलको कार्यकाल थप भएको छ ।

कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सिइओ पौडेलको पुष ३० गते देखी ४ वर्षको लागी पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार  ११ : ५७  बजे