काठमाडौं, २१ मंसिर । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले आफ्ना सेयर धनीहरूलाई प्रतिकित्ता १२.५० रुपैयाँ (करसहित) वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयर धनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।









प्रतिक्रिया