दाङको लमहीमा सुनचाँदी पसलमा लुटेराले गोली चलाउँदा कालिगढ घाइते

काठमाडौं, २० मंसिर ।  दाङ – दाङको लमही नगरपालिका वडा नम्बर ५ मा रहेको जुनतारा सुनचाँदी पसलमा लुटेराले गोली चलाएको छ । पसल लुट्न आएको व्यक्तिले चलाएको गोली लागेर पसलमा काम गर्ने कालिगढ १८ वर्षीय दीपक सुनार घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गोली लागेका व्यक्तिको अवस्था सामान्य रहेको र गोली चलाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली चलाए पनि लुटेराले सुन लैजान भने पाएन ।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार  २० : २३  बजे