काठमाडौं, १८ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उहाँले उपमहासचिवमा दाबी गर्नुभएको हो । तामाङ अहिले स्थायी कमिटी सदस्य हुनुहुन्छ। तामाङ २०४७ सालदेखि पूर्णकालीन रूपमा एमालेमा सक्रिय हुनुभएको हो।
२०५४ सालमा एमाले विभाजनमा नेकपा मालेतिर लाग्नुभएको थियो। उहाँ २०५६ सालमा सिन्धुपाल्चोक–३ बाट उम्मेदवार बन्नुभएको थियो। तर पराजित हुनुभएको थियो । २०५८ सालमा एमालेसँग एकता भएपछि तत्कालीन प्ररायुसंघमा लागेका उनी २०६४ सालको निर्वाचनमा सिन्धुपाल्चोक–३ बाट उम्मेदवार बने पनि निर्वाचित हुन सक्नुभएन। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने उहाँ निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–२ का निर्वाचित भएका उहाँ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेतसँग पराजित हुनुभएको थियो। २०७४ मा केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्री कालमा उहाँ कानून मन्त्री बन्नुभएको थियो । तामाङ २०६५ को आठौं राष्ट्रिय महाधिवेशनदेखि एमाले केन्द्रीय कमिटीमा आउनुभएको हो। नवौंमा उनी केन्द्रीय सदस्य नै हुनुहुन्थ्यो बीचका केन्द्रीय कार्यालय सचिव बनेका तामाङ दसौं महाधिवेशनपछि स्थायी कमिटी चुनिनुभएको थियो । ‘अहिलेचाहिँ प्रतिनिधिहरूको चाहनाअनुसार नै उपमहासचिवको दाबी गरिरहेको छु,’ उहाँले भन्नुभयो ।









प्रतिक्रिया