काठमाडौं, १८ मंसिर । कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ । जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो ।सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्न सक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
‘सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर जाँचमा कडाइ गरिएको हो’, उहाँले भन्नुभयो, ‘शङ्कास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गरी सहयोग गरी दिनुहुन सबैमा अनुरोध गरिन्छ ।’ परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ ।









प्रतिक्रिया