सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं, १८ मंसिर । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर तोलाको तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय ५५ रुपैयाँ थियो ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार  १२ : १७  बजे