धोबीखोलामा साइकलसहित एक व्यक्ति मृत फेला

काठमाडौं, १८ मंसिर ।  काठमाडौंको धोबीखोलामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेज कलेज नजिकै धोबीखोलामा साइकलसहित एक व्यक्ति मृत अवस्थामा भटिएका हुन् ।काठमाडौं प्रहरीले मृत व्यक्तिको पहिचान खुल्न नसकेको बताएको छ । मृत व्यक्ति पुरुष भएको खुले पनि अन्य पहिचान खुल्न बाँकी छ ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार  ०८ : ५९  बजे