काठमाडौं, १७ मंसिर। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा घोषणा गर्नुभएको छ।बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गर्नुभएको हो ।विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।दिउँसो बसेको प्रदेशसभा बैठकमा उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरेको थियो ।
18
Shares









प्रतिक्रिया