मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

काठमाडौं, १६ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने हुनुभको छ ।मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो ।मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले भोलि बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिने बताउनुभयो ।आज प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन लागेको उहाँले बताउनुभयो ।विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने उहाले आशा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार  १८ : ५७  बजे