नेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा

काठमाडौं, १५ मंसिर । नेपाली कम्युनिष्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सभा गर्न लागिएको हो ।जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने नेकपाका स्थानीय नेताहरुले बताएका छन् ।सभालाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन् ।यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरामा सभा गरिसकेका छन् ।कर्णाली प्रदेशस्तरीय सभा सुर्खेतको वीरेन्द्रनगरमा यही मंसिर १८ गते गर्ने भनिएकोमा स्थगित गरेर २७ गते पुर्‍याइएको छ ।मंसिर १८ गतेको दिन परम्परागत पूर्णिमा मेला तथा साँस्कृतिक पर्वहरु हुने भएकाले सभाको मिति सारिएको कर्णाली प्रदेशस्तरीय एकता सन्देश सभा मूल व्यवस्थापन समिति संयोजक कालीबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार  ०९ : ०५  बजे