फिलिपिन्समा आँधीका कारण १ सय जनाभन्दा धेरैको ज्यान गयो

काठमाडौं, २० कात्तिक ।  फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी आँधीका कारण अहिलेसम्म कम्तीमा एक सय जनाको ज्यान गईसकेको छ । हजारौ मानिस घरबारविहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुख्यगरी सेबु प्रान्तमा ठूलो वर्षा र बाढीका कारण ४९ जनाको ज्यान गएको र ७५ जना अझै बेपत्ता भएका बीबीसीले जनाएको छ । मंगलवार बिहान प्रवेश गरेको आँधीले झन्डै एक सय ३० किलोमिटर प्रतिघण्टासम्मको हावा र मुसलधारे वर्षा गराएको थियो । घरहरूमा पानी पसेर मानिसहरू छानामा आश्रय लिन बाध्य भएका छन् ।

उद्धारका लागि पठाइएको एक सैन्य हेलिकप्टर समेत दुर्घटना हुँदा चालक दलका ६ जनाको ज्यान गएको छ । फिलिपिन्सको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार चार लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, बिहिबार  ०८ : १२  बजे