काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उहाँकी धर्मपत्नी मिरा ध्वजुले नागरिकताको प्रतिलिपी लिनुभएको छ । बुधवार उहाँहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपी लिनुभएको हो । जेनजी आन्दोलनपछि भदौ २४ गते उहाँको निवासमा आगजनी भएको थियो। आगजनी हुँदा उहाँ दुवै जनाको नागरिकता समेत जलेको हो। नागरिकता जलेपछि प्रशासन कार्यालय पुग्नुभएका उहाँहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले प्रतिलिपी हस्तान्तरण गर्नुभएको हो ।










प्रतिक्रिया