काठमाडौं, १८ कार्तिक । जेनजी आन्दोलनका क्रममा अदालतमा भएको तोडफोड र आगजनीको अनुसन्धानका लागि सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिएको छ ।
अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको हो । जाहेरीमा आन्दोलनका क्रममा अदालतमा आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले पनि प्रहरीमा जाहेरी दिइसकेको छ ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया