काठमाडौं, १८ कार्तिक । जेनजी आन्दोलनका क्रममा भक्तपुरको जगाती प्रहरी चौकीमा आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा काभ्रेको भुम्लु ३ घर भई अहिले भक्तपुर हनुमानघाट बस्ने ३४ वर्षका रामशरण परियार, काभ्रे बनेपा ४ घर भई हनुमानघाट नै बस्ने ३२ वर्षका रुपक परियार, सर्लाही लाबन्दी ६ घर भई अहिले भक्तपुर दार्जिलिङ हाइट बस्ने २६ वर्षका होमबहादुर खत्री, काभ्रे नमोबुद्द १ घर भई हाल बम्हायणी बस्ने २२ का अमृत सुनुवार र महोत्तरी सोनाम ८ घर भई हाल बम्हायणी बस्ने १८ वर्षका प्रालद कुमार ठाकुर रहेका छन् ।
यसैगरी, भक्तपुर भक्तपुर नगरपालिका ८ घर का २३ वर्षका राजन माक, सर्लाही घर भई हाल भक्तपुर भातेढिकुर बस्ने वर्ष १६ का सरोज बम्जन र जिल्ला काभ्रे नमोबुद्द ६ घर भई हाल भक्तपुर भातेढिकुर बस्ने २२ वर्षका विकास तामाङले पनि आत्मसमर्पण गरेका हुन् ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया