माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र)को विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्नेगरी तय भएको हो । नेकपा (एकीकृत समाजवादी)सहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो । तर, महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि केन्द्रीय समितिको बैठक राखिएको हो ।

facebook sharing button

प्रकाशित मिति: १९ कार्तिक २०८२, मंगलबार  १० : १७  बजे