काठमाडौं, १८ कात्तिक । फिलिपिन्सको पूर्वी र मध्य भागमा आएको शक्तिशाली आँधी ‘कलमेगी’ का कारण सोमवारदेखि दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँतर्फ सारिएको छ ।प्रशान्त महासागरबाट तीव्र गतिमा अघि बढिरहेको यस टाइफुनका कारण तटीय क्षेत्रका माछा मार्ने कार्य रोकिएका छन् भने साथै अधिकारीहरूले ठूलो वर्षा र तीन मिटर अर्थात् झन्डै १० फिट उचाइका घातक ज्वारभाटा आउन सक्ने चेतावनी दिएका अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।फिलिपिन्स मौसम विभागका अनुसार स्थानीय रूपमा ‘टिनो’ भनिने ‘कलमेगी’ सोमवार बिहान पूर्वी समर प्रान्तको गुइआन शहरबाट झन्डै दुई सय ३५ किलोमिटर पूर्वमा थियो ।यसले एक सय २० किलोमिटर प्रतिघण्टा स्थायी र एक सय ५० किलोमिटर प्रतिघण्टासम्मका तीव्र हावा बहाइरहेको बताइएको छ । आँधीले पश्चिमतर्फ सर्दै सेबूलगायतका केन्द्रीय टापु प्रान्तहरूमा असर पुर्याउने अनुमान गरिएको छ ।
                            9                        
Shares
                    
                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया