काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय फेरि सिंहदरबारभित्रै सरेको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा आगजनी भएपछि केशर महलबाट मन्त्रालयले कामकाज गर्दै आएको थियो। केशर महलबाट आइतबार शिक्षा मन्त्रालय सिंहदरबारभित्रैकै भवनमा सरेको हो।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर आज अपराह्न ३ बजेदेखि शिक्षा मन्त्रालय सिंहदरबारमै सरेको उल्लेख गरेका छन्।









प्रतिक्रिया