रामकुमारीसहितका नेता एमाले फर्किने तयारीमा

काठमाडौं, १६ कात्तिक । माओवादी केन्द्रसित पार्टी एकताको विपक्षमा रहेका नेकपा एसका नेताहरू पनि विभाजित भएका छन् ।पार्टी पुनर्गठन गर्ने पक्षमा रहेका झलनाथ खनाल-घनश्याम भुसाल पक्षले गौशालामा बैठक गरिरहेका छन् । तर, रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्रसहित होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना, अर्जुन राईहरु एमाले फर्किने पक्षका नेता–कार्यकर्तालाई एकीकृत गरिरहेका छन् । पूर्वसांसद किसान श्रेष्ठले एमालेसँग वार्ता र सहमति पक्षधर एक ठाउँमा रहेको बताउनुभएको छ। ‘कसैले हाम्रो टाउको नगने हुन्थ्यो । हामी कसैका पछि लागेका छैनौं, अब एमालेमा फर्किने हो’, उहाँले भन्नुभएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, आइतबार  २० : ३१  बजे