एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स

काठमाडौं, १६ कात्तिक । आइतबार भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ ।आइतबार भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँकी पत्नि राधिका शाक्यको उपस्थिति रहेको थियो। कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचार संहिता पनि बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौं।’ उहाँका अनुसार यो युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएका छन् ।

नेता महेश बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरु त्यस क्षेत्रमा खटिएका छन् । ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन’ उहाँले भन्नुभयो । पुष्प श्रेष्ठ, अमित पौडेललगायतले अहिलेसम्म समन्वय गरेको उहाँले जानकारी दिनुभयो । युवा संघ, भूपू सैनिक संगठन, एमाले भक्तपुर लगायतले नेताहरुको सुरक्षामा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले विगतमा युथ फोर्स निर्माण गरेर माओवादीको आतंक हटाएको उल्लेख गर्दै नेता बस्नेतले अहिले पनि सबै खालका अराजकता विरुद्ध युथ भोलेन्टियर्स फोर्सले काम गर्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, आइतबार  १५ : ५८  बजे