एमाले सचिवालय बैठक सुरु

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु भक्तपुरमा केहीबेरअघि सुरु भएको बैठकमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औं महाधिवेशनको तयारीबारे छलफल हुनेछ ।

आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको वस्तुस्थितिका बारेमा रिर्पोटिङ गर्ने बताइएको छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी दिने सम्भावना छ ।

बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको संख्या, प्रतिनिधि छनौटको आधार लगायतका विषयमा छलफल हुनेछ । साथै, बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, शनिबार  १२ : ५३  बजे