आज बुधबारसम्म दल दर्ताको समय – निर्वाचनका लागि दलहरूको आकर्षण, दर्ता भए यी ८० दल (सूचीसहित)

काठमाडौं, १० मंसिर ।  फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् । आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये ८० दलले दल दर्ता गराएका हुन् । हिजो मात्रै १६ दल दर्ता भएको भट्टराईले बताउनुभयो। आज बुधबारसम्म दल दर्ताको समय रहेकाले यो सङ्ख्या थप बढ्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार  ०७ : ३४  बजे