सुमनराज अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं, ८ मंसिर।  नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट अनिवार्य अवकाशमा जाँदैहुनुहुन्छ। त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेको हो । एकनारायण १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १६ : ४६  बजे