काठमाडौं, मंसिर ८ ।काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिवले भेट्ने समय नमिलाएको र फोन नै स्विच अफु गरेर बसेको भन्दै जेनजी अभियन्ताहरू आक्रोशित भएका छन् । मिराज ढुंगाना नेतृत्वको गरिखान देऊु समूह सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेको थियो । तर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले भेट्ने समय नमिलाएको, म्यासेजको रिप्लाई नगरेको र फोनसमेत अफ गरेर सम्पर्कविहीन भएको भन्दै अभियन्ताहरूले आक्रोश पोखेका हुन् ।प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री कार्यालयको मूल ढोकामा पुगेका अभियन्ता र सुरक्षाकर्मीबीच केहीबेर भनाभनसमेत एको थियो ।
आक्रोशित अभियन्ताहरूले प्रधानमन्त्रीको सचिवालयमा नातेदार र आफन्तलाई नियुक्ति दिएको विषयमा प्रधानमन्त्रीसँग सिधा जवाफ माग गरेका थिए । अभियन्ता ढुंगानाले सरकार सुशासनको मर्मविपरित चलेको भन्दै खबरदारी गर्न आफूहरू प्रधानमन्त्री कार्यालय आएको बताए ।









प्रतिक्रिया