• १९ फाल्गुन २०८२, मंगलबार
Logo
  • अपडेट
Logo
१९ फाल्गुन २०८२, मंगलबार
  • अपडेट
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • विचार-ब्लग
  • अन्तर्वार्ता
  • प्रदेश
  • शिक्षा
  • विश्व
  • अन्य
    • प्रवास
    • नेपाल पब्लिक
    • कला-साहित्य
    • प्रवास
    • प्रविधि
    • विचित्र संसार
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रा प्रतिनिधि

पब्लिक प्रेस सर्च गर्नुहोस्

ताजा अपडेट

सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाण्डौबाट एक हप्तामा साढे ३ लाख बाहिरिए

नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी

तराईका जिल्लामा आज होली मनाइँदै

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

इरानमा अमेरिकाको ‘ठूलो सैन्य कारबाही’ जारी छ : ट्रम्प

आज पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा हुने

सुरु भयो मौन अवधि, के–के गर्न छ निषेध ?

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

रामेछाप दुर्घटना अपडेट:मृत्यु हुनेको संख्या २ पुग्यो

पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या छैन : निगम

  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • विचार
  • कला-साहित्य
  • अन्तर्वार्ता
  • प्रदेश
  • शिक्षा
  • विश्व
  • प्रवास
  • नेपाल पब्लिक
  • प्रवास
  • प्रविधि
  • विचित्र संसार
  • स्वास्थ्य-जीवनशैली
  • हाम्रा प्रतिनिधि

सदियौंदेखिको परम्परा: सल्यानकोटबाट माइतीघर बेसीसम्म त्रिपुरासुन्दरी माईको अद्भुत भक्तियात्रा सम्पन्न


पब्लिक प्रेस

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

0
Shares
  • A-
  • A
  • A+

धादिङ । नेपालको एकीकरण इतिहास सम्झाउने गरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पुजापाठ गरेर आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीको मन्दिर आगिन्चोक, सल्यानबेसीतर्फ झरिएको थियो। मङ्सिर महिनामा लाग्ने यो जात्रा देवीलाई आफ्नो घरबाट माइतिमा न्वागी खान जाने परम्परा अनुसार विशेष साइत हेरेर आयोजना गरिएको हो।

यो जात्रा आफैमा शक्तिपीठ, लोकविश्वास, इतिहास र सांस्कृतिक अध्यात्मको अद्भुत संगम हो। नेपालभरिका अन्य मन्दिरभन्दा फरक यहाँ भक्तजनले देवीको मूर्ति प्रत्यक्ष देख्न पाउँदैनन्। देवीको प्रतिमा बोकेका मुख्य पुजारी (राना मगर थर) बाहेक कसैले पनि छुन नपाउने अनौठो र पवित्र परम्परा सदियौंदेखि कायम छ। देवीलाई मूलघरबाट माइतीघर झार्न झण्डै तीन घण्टाको अप्ठ्यारो ओह्रालोबाटो पार गर्दै पुजारीले पिठ्युँमा बोकेर लैजाने दृश्य नै मेलाको मुख्य आकर्षण हो।

जात्राको अवसरमा सांस्कृतिक उल्लासले सम्पूर्ण वातावरणलाई गुञ्जिएको थियो। देवीलाई बेसी झारिँदा पञ्चेबाजा, खडा–खुकुरी, अविरयात्रा, शंख–घण्टका ध्वनिसहित भक्तजनको जयजयकार र उत्साह चरममा पुगेको थियो। त्रिपुरासुन्दरी माईको मूर्ति नहेरी बाटोमै बसेर पूजा गर्ने चलनले देवीप्रतिको अटुट श्रद्धालाई जनाउँछ।

त्रिपुरासुन्दरीको उत्पत्ति हिन्दू ग्रन्थहरूमा वर्णित शक्तिपीठ कथासँग जोडिएको छ। किंवदन्ती अनुसार, सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’मा त्रिपुरासुन्दरी उत्पत्ति भएकी मानिन्छिन्। स्थानीय लोककथामा भनिएजस्तै, वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा आफू रहेको स्थान देखाइदिएपछि मात्र यो मन्दिरको स्थापना भएको हो।

यस जात्राको ऐतिहासिक महत्व पनि अपार छ। नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह नुवाकोट विजयको तयारी गर्दै सल्यानकोट पुगेका थिए। मान्यता छ, यहाँ उनलाई देवीले सपनामा बालिकाको रूपमा आई दुई हातले खड्ग प्रदान गरेकी थिइन्। यही ‘देवीको खड्ग’ उनको नुवाकोट र त्यसपछिको विजययात्राको लागि शुभ संकेत बनेको इतिहास छ।

धर्म र अध्यात्मको दृष्टिले हेर्दा, यस्ता पवित्र स्थलहरूमा पुग्दा मानिसमा सकारात्मक सोच, आत्मविश्वास र सामूहिक उर्जाको संचार हुने विश्वास गरिन्छ। त्रिपुरासुन्दरीको आराधना केवल विधि वा संस्कार मात्र होइन, एक सामूहिक विश्वास र आत्मिक शक्तिको स्रोत हो।

सल्यानकोटबाट सुरु भएको यो भक्तियात्रा बेसी पुग्दा बीसौँ हजारभन्दा बढी भक्तजनको सहभागीतामा विशाल जात्रामा परिणत भएको थियो। सोमबार बेसीमा न्वागी खाएपछि जात्रा सकिएको छ। गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जात्रा सफलतापूर्वक सम्पन्न भएकोमा स्थानीय बासिन्दा, भक्तजन र प्रशासनलाई धन्यवाद दिंदै भने, “सदियौंदेखि चलिँदै आएको यो पवित्र परम्पराले हाम्रो इतिहास, संस्कृति र सामूहिक अस्मितालाई जोगाउँदै आएको छ। यो जात्रा हामी सबैको लागि गौरवको विषय हो।”

         

 

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १० : २०  बजे

प्रतिक्रिया

ताजा अपडेट

सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु


धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज


काठमाण्डौबाट एक हप्तामा साढे ३ लाख बाहिरिए


नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी


तराईका जिल्लामा आज होली मनाइँदै


चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम


इरानमा अमेरिकाको ‘ठूलो सैन्य कारबाही’ जारी छ : ट्रम्प


लोकप्रिय

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ
ब्राजिलमा बाढी र पहिरोमा परी २५ जनाको ज्यान गयो : उद्धार तथा राहतको काम चल्दै
निर्वाचन प्रचारप्रसार १८ गते मध्यरातिदेखि निषेध
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, चट्याङसहित वर्षा र हिमपातको सम्भावना
नेपाली नागरिकलाई दक्षिण–पूर्वी एशियाका देशमा लगेर अनलाइन ठगी कार्यमा लगाउने क्रम बढ्दो
अध्यक्ष ओलीलाई झापामा गाउँ नै उपहार: बार्हसुदीका ४०० मतदाता एमाले प्रवेश

Logo

Y.K.M media Ptv. Ltd.

दर्ता नं.: 327201/080-81

Phone +9779861-494445

Email: [email protected]

Address: Anamnagar-29, Kathmandu

Quick Links
  • हाम्रो बारेमा
  • प्रयोगका शर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • युनिकोड
  • राशिफल
  • मिति परिवर्तन
Our Team
अध्यक्ष तथा प्रधान सम्पादक

यसिमा महत

वरिष्ठ संवाददाता

उषा के.सी.

मार्केटिङ

शितल महत

View All
© 2025-2026 Y.K.M media Ptv. Ltd.
Designed & Developed by:Appharu.com