काठमाडौं, ७ मंसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ।आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।मौसमविद् विनोद पोखरेलले तत्काल पानी पर्ने सम्भावना नदेखिएको बताउनुभएको छ। विभिन्न मोडलमार्फत् बदली र वर्षाको प्रक्षेपण गर्ने उहाँले मंसिरको मध्यतिर मात्रै वर्षा गराउने प्रणाली नेपाल भित्रन सक्ने बताउनुभएको थियो । उहाँका अनुसार बंगालको खाडीमा विकास हुँदै गरेको चक्रवात र पश्चिमी वायुले त्यतिबेला पानी पार्न सक्ने बताउनुभयो। पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका अधिकांशक सहरको वायु अस्वस्थकर बन्दै गएको छ। वन डढेलो र आगलागीका घटनामा पनि बढोत्तरी आएका छन्।
18
Shares









प्रतिक्रिया