सुदन गुरुङले घरमा गएर धाकधम्की र ज्यानमाथि दागा धरेको किसान श्रेष्ठको आरोप

काठमाडौं, ६ मंसिर । जेन–जी अगुवा सुधन गुरुङसहितका व्यक्तिले आफ्नो घर फेरि जलाउने धम्की दिएकोप्रति विघठित प्रतिनिधिसभाका सदस्य तथा एमाले नेता किसान श्रेष्ठले आपत्ति जनाउनुभएको छ । आफू पार्टी कामका सिलसिलामा काठमाडौंमा रहेको बेला शनिबार सिमरा, औराहास्थित उनको घरमै पुगेर पुनःनिर्माणमा सरिक कामदारलाई गुरुङले धम्क्याएको आरोप श्रेष्ठले लगाउनुभएको छ । विज्ञप्ति जारी गर्दै श्रेष्ठले भन्नुभएको छ, ‘लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनःनिर्माण गर्ने मेरा कर्मचारी, कामदार लाई धम्क्याउने र घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुनसक्छ भनेर धम्की दिएको घटनाको घोरभर्त्सना गर्दछु ।’ एमाले नेता श्रेष्ठले जेन(जीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसमक्ष माग गनुभएको छ। उहाँले ३ र ४ गते सिमरामा भएको प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार  १७ : ५१  बजे