भृकुटीमण्डपमा प्रदर्शनसहित एमालेको सभा सुरु हुँदै

काठमाडौं, ६ मंसिर । नेकपा एमालेले आज भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ ।‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी १’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको हो ।जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ ।जनसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभाअघि जुलुससहित एमाले नेता(कार्यकर्ता भृकुटीमण्डप पुग्नेछन् ।एमालेको जनसभालाई मध्ये नजर गर्दै काठमाडौंमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ ।एमालेले शुक्रबार मात्रै भोलेन्टिएर फोर्स घोषणा गरेको थियो । जसको संयोजक पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।प्रदर्शनको तयारी पूरा भएको एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । जुलुससहित भृकुटीमण्डप पुगेपछि केही समयपछि सभा सुरु हुनेछ ।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार  ११ : २१  बजे