काठमाडौं, ६ मंसिर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । न्यूयोर्कमा हालै भएको मेयर चुनावका क्रममा दुवैले एकअर्काको आलोचना गरेका थिए ।ट्रम्पले मेयरको चुनावअघि मतदातालाई ममदानीलाई मतदान नगर्न आग्रह समेत गर्नुभएको थियो भने ममदानी विजयी भएमा न्यूयोर्कलाई दिइने सङ्घीय बजेट कटौती गर्ने सम्मको चेतावनी दिनुभएको थियो । तर ३४ वर्षीय डेमोक्रेटिक सोसलिस्ट ममदानीले मेयरमा निर्वाचित भएसँगै उहाँको विश्वभर चर्चा भएको थियो ।ह्वाइट हाउसको बैठकपछि राष्ट्रपति ट्रम्पले ममदानीको प्रशंसा गर्नुभएको छ । पछिल्लो भेटपछि राष्ट्रपति ट्रम्पले आफूले सोचेभन्दा धेरै कुरामा सहमत बनेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।मेयर ममदानीले ‘राम्रो काम’ गर्ने अपेक्षा रहेको पनि ट्रम्पले बताउनुभएको छ । दुवैले न्यूयोर्क शहरबासीको जीवनयापन, अन्य लागतका समस्यालाई सम्बोधन गर्न सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
24
Shares









प्रतिक्रिया