काठमाडौं, ४ मंसिर । नेकपा एमालेको सचिवालय बैठकले संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले पछिल्लो बाराको सिमरालगायत घटनाले सरकारको औचित्य पुष्टि भएको र संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको निष्कर्ष निकालिएको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार प्रतिशोधको बाटो हिंडेको कुरालाई सिमरा घटनाले पुष्टि गरेको बताउनुभयो । सरकार निर्वाचनको वातावरण बनाउन लागेको छैन भन्ने कुरालाई, प्रतिशोधको बाटो हिंडिरहेको छ भन्ने निष्कर्षलाई सिमरा घटनाले पुष्टि गरेको छ, उहाँले भन्नुभयो ।
उहाँले निर्वाचनको वातावरण बनाउनुपर्नेमा नेताहरूलाई निषेधित गर्ने, स्थान हद तोक्ने, सभा बिथोल्ने कार्य जायज नभएको बताउनुभयो। नेताहरूलाई निषेधित गर्ने, स्थान हद तोक्ने, कार्यक्रम बिथोल्नेजस्ता कार्यले सरकार निर्वाचनको वातावरण होइन, निषेधलाई अगाडि बढाइरहेको प्रमाणित हुन्छ। यसले प्रतिनिधिसभा पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको छ, उहाँले भन्नुभयो ।









प्रतिक्रिया