कान्ति बाल अस्पतालले करारमा माग्यो स्टाफ नर्ससहित ४२ कर्मचारी

काठमाडौं, ४  मंसिर  । कान्ति बाल अस्पतालले करारमा कर्मचारी मागेको छ।बिहीबार सूचना जारी गर्दै अस्पतालले आठौं तहदेखि पाँचौं तहसम्मका विभिन्न पदमा ४२ जना कर्मचारी करारमा मागेको हो।सूचना अनुसार आठौं तहको मेडिकल अधिकृतका लागि २४ जना माग गरिएको छ।

त्यस्तै आठौं तहकै वायोमेडिकल इन्जिनियतर्फ एक जना माग गरिएको छ।पाँचौं तहको स्टाफ नर्समा १७ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन माग गरिएको छ। यी सबै पदका लागि न्यूनतम योग्यता सम्बन्धित सेवा, समूह, उपसमूह र पदका लागि नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम १५ को उपनियम १ बमोजिम खुला प्रतियोगिताका लागि तोकिए बमोजिमको योग्यता पूरा गरेको हुनुपर्ने उल्लेख छ।इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले बिहीबारदेखि मंसिर १८ गतेसम्म फाराम बुझाउन सक्नेछ।फाराम कान्ति बाल अस्पतालको वेबसाइटमा उपलब्ध हुने र त्यहाँबाट डाउनलोड गरी भरिसकेपछि अस्पतालमै बुझाउन सकिने सूचनामा उल्लेख छ।परीक्षा दस्तुर आठौं तहका लागि १ हजार २०० र स्टाफ नर्सका लागि ७०० रूपैयाँ तोकिएको छ।छनोट प्रक्रिया लिखित र अन्तर्वार्ता हुने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार  ०८ : ३२  बजे