काठमाडौं, ३ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बारा घटनामा सरकारले चरम लापरबाही गरेको बताउनुभएको छ । ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई सभा र कार्यक्रममा जान रोक लगाए सरकारले कसरी चुनाव गराउने भनेर प्रश्नसमेत गर्नुभयो ।
सरकारले एकातिर चुनाव गराउने भनेर आज छलफलमा बोलाएको छ। उता, बारामा जेनजीका नाममा केही विद्वानहरूले ढुंगामुढा र तोडफोड गरेर एयरपोर्ट बन्द गराए। हाम्रो सभालाई बिथोलिदिए। प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु, कस्तो चुनाव गराउन खोज्दैहुनुहुन्छ ? उहाँले भन्नुभयो गत भदौ २३ र २४ गते वीरगन्ज र बारा जलाउने अपराधीहरूले नै यो घटना गराएको दाबी गर्नुभयो । एयरपोर्टमै तोडफोड गर्न दिइयो। यो देश कस्तो भयो ? ५०÷६० जना आएर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यो ? जति बेला चाह्यो, जेनजी भन्यो, एयरपोर्ट नै बन्द गरायो। जतिखेर चाह्यो, सभा गर्न बन्द। अनि भन्छ चुनाव गर्ने। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ? उहाँले सरकारलाई प्रश्न गर्नुभयो। उहाँले एमालेले अपराधीहरूलाई नियन्त्रण गर्न भनिरहेको तर सरकारले अटेरी गरिरहेको बताउनुभयो । अस्ती वीरगन्ज जलाउने, बारा जलाउने तिनै अपराधीहरू भेला भएका छन्। किनकि तिनीहरूलाई कारबाही भएको छैन। उनीहरूको मनोबल अझै उच्च छ। तिनीहरू नै भेला भएर एमालेमाथि आक्रमण गरिरहेको छ, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले दुर्गा प्रसाईंको पक्राउप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले भिडियो बनाउँदैमा राति–राति पक्राउ गरेकोप्रति आपत्ति जनाउनुभएको हो । यो सरकारसँग सोध्न चाहन्छु, दुर्गा प्रसाईंलाई दिने जवाफ सरकारसँग छ कि छैन ? यतिकै पुलिस पठाएर समातेर हुन्छ ? गिरफ्तार गरेर मुख बन्द गराए समस्याको समाधान हुन्छ? विहान समाते पनि हुन्थ्यो नि, राति राति समात्ने ? तमासा गरेर हुन्छ, उहाँले प्रश्न समते गर्नुभयो ।









प्रतिक्रिया