काठमाडौं, १ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताउनुभएको छ।
आफ्नै निवास भक्तपुरमा सोमबार उहाँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको बताउदै पूर्वघोषित आन्दोलन नरोकिने बताउनुभएको हो। शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने उहाँको दावी थियो।
संयोजक प्रसाईले जेनजी युवाले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाउनुभएको छ। उहाँले आफूहरूले अघि सारेका एजेन्डाका बारेमा जनमत सङ्ग्रह गर्नुपर्नेमा जोड दिनुभयो।









प्रतिक्रिया