देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं, २८ कात्तिक ।  हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शसुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शुक्रबार  ०८ : १३  बजे