आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले शुसक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपियाँ ५७ पैसा र बिक्रीदर १४२ रूपियाँ १७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपियाँ ४३ पैसा र बिक्रीदर १६५ रूपियाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपियाँ २४ पैसा र बिक्रीदर १८७ रूपियाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपियाँ ९३ पैसा र बिक्रीदर १७८ रूपियाँ ६८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रूपियाँ ९५ पैसा र बिक्रीदर ९३ रूपियाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपियाँ १७ पैसा र बिक्रीदर १०१ रूपियाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपियाँ ८३ पैसा र बिक्रीदर १०९ रूपियाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपियाँ १५ पैसा र बिक्रीदर नौ रूपियाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ९५ पैसा र बिक्रीदर २० रूपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपियाँ ७५ पैसा र बिक्रीदर ३७ रूपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपियाँ ८४ पैसा र बिक्रीदर ३९ रूपियाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपियाँ ३८ पैसा र बिक्रीदर चार रूपियाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रूपियाँ ५४ पैसा र बिक्रीदर ३८ रूपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपियाँ २९ पैसा र बिक्रीदर ३४ रूपियाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ६६ पैसा र बिक्रीदर नौ रूपियाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपियाँ ०५ पैसा र बिक्रीदर १५ रूपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपियाँ ०२ पैसा र बिक्रीदर २२ रूपियाँ ११ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपियाँ २२ पैसा र बिक्रीदर १८ रूपियाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रूपियाँ ५२ पैसा र बिक्रीदर ४६३ रूपियाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपियाँ ५२ पैसा र बिक्रीदर ३७७ रूपियाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रूपियाँ ७१ पैसा र बिक्रीदर ३६९ रूपियाँ २७ पैसा रहेको छ । भारतीय रूपियाँ एक सयको खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शुक्रबार  ०७ : ४०  बजे