काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो सुधार देखिएको छ । हिजो २०.५६ अंकले घटेको बजारमा आज सामान्य सुधार देखिएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.३१ अंकले घटेर २५ सय ४४ दशमलव ९१ बिन्दुमा बन्द भएको छ।
आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रूपैयाँमा कारोबार भएको छ ।
हिजो ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यसदिन विकास बैंक, लगानी समुह, जीवन बीमा, उत्पादन तथा प्रशाेधन, निर्जीवन बीमा र अन्य समुहकाे सेयमूल्य घटेकाे छ भने बाँकी सबै समुहकाे सेयर बढेकाे छ ।








प्रतिक्रिया