काठमाडौं, २७ कात्तिक । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो । बुधबार ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया