वामदेव नेतृत्वको पार्टी निर्वाचन आयोगले गर्‍यो खारेज

काठमाडौं : निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज गरेको छ । गौतमको निवेदनपछि आयोगले उक्त पार्टी खारेज गरेको हो । नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए ।

आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बुधबार  १० : १४  बजे