कपिलवस्तु, २५ कार्तिक । नेकपा (एमाले) का केन्द्रीय सदस्य बलाराम अधिकारीले प्रतिनिधि सभा पुनःस्थापनाको माग अहिलेको प्रमुख जनअभिव्यक्ति भएको बताएका छन्।
विजयनगर गाउँ कमिटीले आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै उनले नेपालको स्वाधीनता र राष्ट्रिय स्वाभिमानमाथि विदेशी शक्तिहरू हावी हुन खोजिरहेको बताएका हुन् । देशको लोकतान्त्रिक प्रणाली कमजोर पार्ने र राष्ट्रिय हितविपरीत कदम चाल्ने खेल भइरहेको र त्यसका विरुद्ध सबै देशभक्त नेपाली एकजुट हुन जरुरी रहेको उनको भनाइ छ ।
नेता अधिकारीका अनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाउन खोज्दा त्यसलाई असफल पार्ने उद्देश्यले देशीविदेशी शक्ति सक्रिय भएको बताए ।
राष्ट्रियता, गणतन्त्र र स्वाधीनताको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले सबै कार्यकर्तालाई एकढिक्का भएर अघि बढ्न आह्वान पनि गरेका छन् ।
कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य गोपाल बाहादुर थापा, जिल्ला सदस्य लक्ष्मी चौधरी, विजयनगर गाउँ कमिटी अध्यक्ष थर्क बाहादुर खन्गाहा लगायतका नेताहरुले सम्बोधन गरेका थिए।








प्रतिक्रिया