काठमाडौँ । कपिलवस्तुको सुठौली नाकाबाट भन्सार छलेर ल्याएको २१८ बोरा युरिया मल बरामद गरिएको छ । सशस्त्र प्रहरीको मर्यादपुर बिओपी र भन्सार कार्यालयको टोलीले लुकाएर राखेको अवस्थामा रासायनिक मल बरामद गरेको हो । दशगजा क्षेत्रमा लुकाएर राखेको सुराकको आधारमा मल बरामद गरिएको सुठौली भन्सार कार्यालयका भन्सार अधिकृत किरण विष्टले बताए ।
मल तस्करी गर्नेहरूले सो मल दशगजा क्षेत्रको बगैँचामा लुकाएर राखेका थिए । यशोधरा गाउँपालिका वडा नम्बर–७ मा मल लुकाएर राखिएको सूचना आएपछि नम्बर–२८ गण कपिलवस्तुबाट पनि सशस्त्र प्रहरीको थप टिम परिचालन गरिएको गणपति (एसपी) नेत्र केसीले जानकारी दिए । सुठौली नाका कृष्णनगर पछिको दोस्रोको दोस्रो नाका मानिन्छ ।








प्रतिक्रिया