सुन्धाराबाट भागेका बलात्कार मुद्दाका कैदी चन्द्रागिरिबाट पक्राउ

काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका बलात्कार मुद्दाका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुभराज पन्त छन् । उनलाई आइतबार चन्द्रागिरि नगरपालिका–१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । उनी भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा सुन्धाराबाट भागेका हुन् । प्रहरीले उनलाई कारागार प्रशासनमा बुझाएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार  ११ : ५६  बजे