मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

धनुषा, २४ कात्तिक । मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार  ०९ : ०५  बजे