काठमाडौं, २३ कार्तिक । युवराज सफलले पनि राजनीतिक दल दर्ता गरेका छन् । उनले आज निर्वाचन आयोगमा पुगेर यसअघि नै कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टी दल दर्ता गरिएको हो ।
दलको सभापतिमा अधिवक्ता डा. सुरेन्द्र भण्डारी रहेको छन् भने युवराज पौडेल सफल र डा. प्रकाश पौडेल उपसभापति छन् । अधिवक्ता भण्डारीले यस अघि छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, सफलले आफू नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभेर एउटै बनाउने सहमति भएपछि निवेदन फिर्ता लिएका थिए ।








प्रतिक्रिया