काठमाडौं, २३ कात्तिक । नेकपा एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रम भव्य र व्यवस्थित बनाउन पाँच निर्देशन जारी गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले पालिकास्तरीय जनपरिचालनका लागि पाँच बुँदे निर्देशन जारी गर्नुभएको हो ।सामाजिक सञ्जालमा महासचिव पोखरेलले कार्यकर्तालाई जनपरिचालनमा सहभागी हुने संख्याका आधारमा पार्टीको झण्डा, ब्यानर र प्लेकार्ड तयार गर्न, घना बस्ती भएको क्षेत्र छनौट गर्न निर्देशन दिनुभएको छ । यस्तै, जनप्रर्दशनअन्त्यमा छोटो र अत्यन्त प्रभावकारी कोणसभा गर्न उहाँले सुझाव समेत दिनुभएको छ । जनप्रदर्शनक्रमका भिडियो–फोटो सामाजिक सञ्जालमा व्यापक शेयर गर्न र त्यस्ता सामग्री आमसञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन गर्नुभएको छ।एमालेको असोज २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्रविरुद्ध देशभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । कात्तिक २२ गते एमालेले देशभरका सबै वडामा भेला गरेको छ ।
9
Shares








प्रतिक्रिया