मुस्ताङ,१४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता–कार्यकर्तालाई आफ्नै घर फर्किन आह्वान गर्नूभएको छ । शुक्रबार सामाजिक सञ्जालमा स्टाटस राख्दै ओलीले आफ्नै घर फर्किन आह्वान गर्नुभएको हो । जहाँ हुनुहुन्छ आफ्नै घर फर्किनुस्, यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो, ओलीले लेख्नुभएको छ, फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ । देशको स्वाधीनता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया