काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस र कम्युनिस्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताएका छन् । रास्वपाले शुक्रबार आयोजनाको गरेको बृहत् राजनीतिक संवादमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् ।
भट्टराईले भने,’उनीहरूले जनतालाई पटक–पटक ठगेर सत्तामा पुगेका छन् । सङ्गठन तलैसम्म छन् । जेनेजी विद्रोहले जरा त हल्लिएको छ, तर उखेलिएको छैन ।कांग्रेस र कम्युनिस्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्छ ।’ उनले जेनजी र नयाँ वैकल्पिक शक्ति एकजुट भएर चुनावमा जानुपर्ने उल्लेख गर्दै त्यसको नेतृत्व जेनजीले लिनुपर्ने बताए ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया