युएईविरुद्ध कप्तान पौडेलको सतक

काठमाडौं, १३ कातिक । नेपालका कप्तान रोहित पौडेलले आइसीसी विश्वकप लिग(२ को जारी शृंखलामा युएईविरुद्ध सतक प्रहार गरेका छन्। ७४औं एकदिवसीय खेलमा रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सतक प्रहार गरेका हुन्। उनले १२६ बलमा ५ चौका र १ छक्कासहित सतक पूरा गरे। उनले ४६।५ ओभरमा शतक पूरा गरेका हुन्। ४७ ओभर सकिँदा नेपालले ६ विकेट गुमाउँदै २०७ रन बनाएको छ। क्रिजमा हालः रोहित १०० र सोमपाल ६ रनमा खेलिरहेका छन्। सन् २०१८ मा नेदरल्यान्ड्ससँग खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले हालसम्म ७३ खेलमा ६९ इनिङ्स खेल्दै १ सतक र ११ अर्धसतक प्रहार गरिसकेका छन्।

प्रकाशित मिति: १४ कार्तिक २०८२, बिहिबार  १५ : २९  बजे